Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दरवारमार्ग अन्नपूर्ण होटलमा रहेको क्यासिनोमा छापा, एक करोड ५ लाख बरामद

दरवारमार्ग अन्नपूर्ण होटलमा रहेको क्यासिनोमा छापा, एक करोड ५ लाख बरामद

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा हानेको छ।

गत (बिहीबार) दिउँसो विभागसहित सशस्त्रको टोलीले क्यासिनोमा छापा हानेको थियो । छापाका क्रममा क्यासिनो दर्ता, नवीकरण लगायत कागजात फेला नपरेको र कर समेत छली गरेको भन्दै विभागले क्यासिनोको केही कोठाहरू सिल गरेको छ। स्रोतका अनुसार सो क्यासिनोबाट एक करोड पाँच लाख नेपाली रुपैया र भारतीय रूपयाँ अठचालीस हजार सात सय पनि बरामद गरिएको छ।

र सो गोप्य सुचना शसस्त्र प्रहरी बल ब्युरोले राजश्व अनुसन्धान विभागलाई उपलब्ध गरिएको थियो र राजश्वको विषेश प्रहरीले सो क्यासिनोमा छापा मारेको हो र क्यास मेनेजर गौरब चोपडा तेस क्यासिनो प्यालेस बाट भागे र फोन समेत नठाए पछि केही समय कुर्दा नआएपछि राजश्वको टोलीले एउटा डिजीटल सेफ एक थान, चारओटा अन्य सेफ, साधारण मोबाइल १० थान, ल्यापटप १ थान ,सिपु एक थान, महत्वपूर्ण क्यासिनो को कागजात समेत बरामद गरेको छ।

क्यासिनो का अध्यक्ष विनय साह रहेको र साह अहिले फरार रहेका छन । लेखाका क्याबिन पनि सिल गरिएका छन् भने साहले क्यासिनो चलाउने गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरिएको सेफ चावी बोक्ने ब्यक्ति फरार रहेका ले खोल्न बाँकी करोडौं रुपैयाँ भएको आशङ्का गरिएको छ।