Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

आज चारवटा संसदीय समितिको बैठक बस्ने

आज चारवटा संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज (सोमबार) संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

सार्वजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे बस्ने कार्यसूची थियो । बैठकमा हालसम्मको बेरुजु, फर्छ्योटको अवस्था, समस्या र समाधान लगायतका विषयमा अर्थ मन्त्रालय र कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयसँग छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्ने कार्यसुचि रहेको थियो । उक्त बैठकको कार्यसूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीबारे छलफल हुनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने भनिएको छ । बैठकमा विद्युतीय व्यापार विधेयक- २०८० को विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिकाबारे छलफल गर्ने कार्यसूची छ।