Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल पाँचौ ठूलो धान निर्यात गर्ने देश थियो- पूर्व राजदूत ठाकुर

नेपाल पाँचौ ठूलो धान निर्यात गर्ने देश थियो- पूर्व राजदूत ठाकुर

इजिप्टका लागि पूर्व नेपाली राजदूत रामभक्त प्रसाद ठाकुरसंगको अन्तर्वातामा ठाकुरले देशको नेतृत्व सम्हालेका नेपाली नेताहरु प्रति असन्तुष्टि जनाउदै विध्यमान नेता र मन्त्रिको योग्यता: ज्यान मार्नुपर्ने, जेल बस्नु पर्ने, र जंगल पस्नु पर्ने कुरा सुधार गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै पूर्व राजदूत ठाकुरले विगतमा नेपाल संसारकै पाँचौ ठूलो धान निर्यात गर्ने राष्ट्र भएको जानकारी गराउदै वर्तमानमा युवा निर्यात गरेर नेताहरुले जीविका धानेको र अर्थोपार्जन गरेको प्रति दुख ब्यक्त गर्नु भयो । रोगले खाइसकेका ,राज्यबाट पाइसकेका र जीर्ण शरीर बोकेका भाले मौरी जस्ता बुढा नेताहरु प्रति ठाकुरले मर्म मर्ममा प्राहार गर्दै, बैकल्पीक नयाँ युवा शक्तिलाई राज्यको बागडोर सम्हाल्न सल्लाहा दिएका छन् ।

ठाकुरले नेपालको परराष्ट्र नीतिका बिषयमा बोल्दै देश असंलग्न हुन नसकेको प्रति दुखेसो ब्यक्त गर्दै चीन र भारत समसामिप्यताका आधारमा यथा स्थानमा नरहेको जानकारी दिनु भयो । त्यस्तै नेपालको आन्तरीक मामला कमजोर भएकै कारणले बाह्य मामलामा कमजोर हुनु परेको जानकारी गर्दै उहाले गृह नीतिका आधारमा परराष्ट्र नीति निर्धारण गर्नु पर्नेमा हामीले अरुका निर्देशनमा हाम्रा वाह्य नीति तर्जुमा गर्ने गरेको बताउनु भयो ।

उहासंग गरिएको कुराकानीको लिंक

https://youtu.be/dp06gbBqOfQ?si=y1OIvYLG_xjwqGGJ