Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

मुख्यसचिव डा.बैकुण्ठ अर्याल पदबाट निलम्बित

मुख्यसचिव डा.बैकुण्ठ अर्याल पदबाट निलम्बित

काठमाडौँ । मुख्यसचिव डा.बैकुण्ठ अर्याल पदबाट निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतस् निलम्बनमा परेका हुन् । सञ्चार मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्य कोषमा अर्बौं रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै उनी विरुद्ध शुक्रबार अख्तियारले मुद्दा दायर गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतस् निलम्बन हुने व्यवस्था छ सोहि अनुसार उनि निलम्बनमा परेका हुन् ।

भ्रष्टाचारको आरोपबाट सफाई नपाएसम्म अर्यालको निलम्बन यथावत रहेनछ।