Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरहरुको सरकारले ग¥यो उद्दार, ओलीले दिए फेसबुक मार्फत धन्यवाद

भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरहरुको सरकारले ग¥यो उद्दार, ओलीले दिए फेसबुक मार्फत धन्यवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी स्वदेश फर्काइएको बताएका छन । उनले आफनो सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै यस्तो जानकारी दिएका छन । प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको छ। सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ। उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको हाम्रो टोली सक्रिय थियो।

मानव वेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ। उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद १केही महिना अघि मात्र पनि नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पु¥याएर बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ ।सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय ९नेपाली रुपैयाँ० ज्याला पाउने गरी ठेकेदारले जम्मु पु¥याएका थिए । तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पु¥याइयो ।त्यहाँ भारतीय ठेकेदारले नेपाली मजदुरहरूलाई श्रमशोषण र यातना दिएर काममा लगाइरहेका थिए । पीडित मजदुरहरूका अनुसार उनीहरूलाई पुग्ने गरी खाना पनि दिइएको थिएन । कुटपिट र अमानवीय व्यवहार दिनचर्या बनेको थियो । तीन महिनादेखि पारिश्रमिक नदिएको, थुनेर राख्ने, कडा निगरानीमा काममा लगाउनेजस्ता व्यवहार गरिँदै थियो । सबैको मोबाइलसमेत खोसिएको धनुषाका पीडित मजदुर रञ्जित चौधरीले बताउनुभयो ।

पछिल्ला दिनहरुमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारी भारत लगेको तर त्यहाँ कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिई बन्धक बनाईराखेको खबर धेरै आउने गरेका छन ।नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमीक दिने प्रलोभनमा कस्मिर पु¥याइ बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो। कस्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमीक समेत नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ।

काम गर्नका लागि भनेर लगिएको तर काम गर्न भन्दा गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेका हुन्छन । काम लगाउनेले मार्नेसम्मको धम्की दिने गरेका हुन्छ ।

वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली युवाको दिनहुँ विमानस्थलमा लर्को लाग्छ। कमाउन बिदेसिने सबै सफल हुन्छन् भन्ने छैन। कतिपय म्यानपावर कम्पनीको गैरजिम्मेवारीका कारण विदेश गएका युवा समस्यामा पर्छन्। विभिन्न म्यानपावर कम्पनीद्वारा कुवेत पुगेका उनीहरूले अहिले आफूहरू घर न घाटको भएको बताएका छन्। कामविहीन र तलबविहीन भएकाले उनीहरू समस्यामा परेका हुन्। कामविहीन भएर कुवेतमा अलपत्र उनीहरूले आफूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकार र विभिन्न संघसंस्थासँग माग गरिरहेका छन्।