अब क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दा अघि नबढने भएको छ । किन भने लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन स्वयम पीडित गौशाला २६ले नै निवेदन दर्ता गरेकी छन् । लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ उच्च अदालत पाटनले सार्वजनिक भएको केही दिनमै गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर लामिछाने विरुद्धको जबरजस्ती करणको मुद्दा अव सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन निवेदनमा माग गरेकी हुन । गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् । त्यस क्रममा उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलै प्रति पनि बुझाएकी उनले निवेदन बुझाउदै गर्दा यो घटनापछि आफु धेरै मानसिक तनावमा परेको र सामाजिक रूपमा समेत अप्ठ्यारो अवस्थामा परेका कारण थप अगाडी नबढोस् भन्ने चाहाना राखेर निवेदन दिएको दाबी गरेकी छन् ।
आफनो परिवारलाई समाजबाट धेरै नकरात्मक हल्ला र कुराहरु आउन थालेको जसले गर्दा आफनो पढाईमा धेरै नै असर पुगेकी बताएकी थिईन । त्यसैले अब यो मुद्दालाई अघि नबढाउने गरि उनले निवेदन दिएकी हुन ।यता हालै सार्वजानिक गरिएको पूर्ण पाठमा पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको छ । ५ भदौ २०७९ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको लामिछानेविरुद्ध पीडित ९गौशाला २६० ले २१ भदौमा जाहेरी दिएकी थिइन् ।
घटना क्रमलाई बिश्लेषण गरि हेर्दा जबरजस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखी प्रतिवादीलाई पिडित साबालक ठहर गरि जबरजस्ती करणी गरेको ठह¥याई काठमाण्डौ जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन मुद्दामा फैसलाको पूर्णपाठमा लेखिएको छ । यस्तै बन्द प्रशिक्षणमा रहेका सन्दीपले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर गौशाला २६ लाई नगरकोट लगेका थिए । त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमा बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितले बताएकी छन् । तर यो तथ्यलाई वोजनी होटल नगरकोटका सुपरभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापामगर, होटल इनका वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको अदालतको ठहर छ ।
उमेर पुगेका व्यक्तिहरू बिच जबरजस्ती करणीको १ नं विपरीत नभइ सहमतिमा भएको करणीलाई जबरजस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको पनि इजलासको ठहर छ । पीडितले प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भने पनि निज वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख छ ।लामो समयको सुनवाई पछि उनले सफाई पाएका थिए । कतिपयले सन्दिपले पाएको सफाईलाई लिएर बिरोध गरेका थिए । भने अधिकांश त्रिकेटप्रेमी उनका समर्थकहरु पनि न्याय पछि बिजय जुलुस नै मनाएका थिए । अहिले सन्दिप लामिछाने क्रिकेट खेल्न क्यानडमा रहेका छन ।