सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनिषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो । अस्ति बिहान क्याप्टेन मनिषरत्न शाक्यले आफु सहित १९ जनालाई लिएर काठमाण्डौं बाट पोखराका लागि सौर्य एयरलाइन्सको जहाज उडाए । जहाज विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भयो ।
दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जनाले घटनास्थलमै ज्यान गुमाए । तर सोही जहाज उडाएका पाइलट मनिषरत्न शाक्यलाई जिबितै उद्दार गरियो । उनलाई १९ मिनेट पछि उद्दाकर्ताले चोटपटक लागेको अवस्थाबाट उद्दार गरे । बाकी अरुको भने जलिरहेको अवस्थामा शब फेला परेको थियो । दुर्घटना घाइते पाइलट शाक्यको उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो । उनको उपचार भइरहेको अस्पतालले जनाएको छ। क्याप्टेन शाक्यले परिवारका सदस्यहरुसँग भेटेर बोलिरहेका छन् ।
मनिषको अवस्था सुधार भइरहेको परिवारले बताएका छन् । क्याप्टेन शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । उनले सन् २००९ बाट उडान करिअर थालेका थिए । उनले सुरुमा गुण एयरलाइन्समा काम गरे ।२०२२ देखि उनले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा र सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा कार्यरत छन् । क्याप्टेन शाक्यले गत वर्ष मात्रै युवा अपरेसन डाइरेक्टरको अवार्ड प्राप्त गरेका थिए । ग्यालेक्सी एक्सिलेन्स अवार्डमा उनले सो विधामा अवार्ड पाएका हुन् । सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने उनले बताए । यो जहाजको इन्जिनको पूर्ण मर्मत ९सी–चेक०का लागि पोखरा जाने क्रममा थियो । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।
एयरलाइन्सको ९ एन–एएमई जहाज २१ वर्ष ४ महिना उडिसकेको विमान भएको खुलेको छ । साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने वित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ । पछिल्ला ६५ वर्षमा ६१ वटा ठूला विमान दुर्घटनाहरू भएका छन्, जसमा ९ सय १५ जनाको ज्यान गएको छ । यद्यपि हालैका वर्षहरूमा उड्डयन क्षेत्रमा अत्याधुनिक प्रविधिहरूको प्रयोग बढेको छ, जसले जोखिमहरूको पहिचान गर्दै दुर्घटनाहरू घटाउन मद्दत गर्न सक्ने अपेक्षा गरिएको थियो । तर, तथ्याङ्कले दुर्घटनाको सङ्ख्या अझै बढ्दै गएको देखाइरहेको छ ।