Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

घरमा आगो तापिरहेको परिवारलाइ पहिरोले पुरेर बनायो एकै चिहान,सिंगो गाउँनै डुब्यो सोकमा

घरमा आगो तापिरहेको परिवारलाइ पहिरोले पुरेर बनायो एकै चिहान,सिंगो गाउँनै डुब्यो सोकमा

११ साउन, काठमाडौं । रामेछापमा पहिरोमा परि एकै परिवारका तीनजनाको मृत्यु भएको छ । रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेपछि ३ जनाले ज्यान गुमाएका हुन । अविरल वर्षाका कारण बिहीबार राति साढे ८ बजे खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए।तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए।पहिराले घर पुरिएको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिए। घटनास्थलमा बेताली प्रहरी चौकीका प्रहरी, स्थानीयवासीलगायतले थप क्षति हुनबाट जोगाएका थिए। एता जाजरकोटमा वर्षाका कारण घर भत्किँदा ८ जना घाइते भएका छन् ।

जाजरकोट प्रहरीका अनुसार गए राति १ बजेतिर छेडागाड नगरपालिका–१२ काडागाउँका स्थानीय पदम अधिकारीको घर भत्किएको थियो । चार कोठा रहेको एक तले उक्त कच्ची घर भत्किँदा घरमा बस्ने ८ जना घाइते भएका हुन् ।घाइते हुनेमा घरधनी ३५ वर्षीय पदम अधिकारी, १० वर्षीय दिनेश अधिकारी, ३० वर्षीय सरिता अधिकारी, १४ वर्षीय नवीन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षीय सुजता अधिकारी, १६ वर्षीय संगिता अधिकारी र १४ वर्षीय नवराज अधिकारी रहेका छन् ।

घाइते भएका सबै एउटै परिवारका हुन् । घाइते संगिता र नवराजको अवस्था सामान्य रहेको र उनीहरू घरमै छन् । बाँकी ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डे बताए ।यस्तै घाइते सरिता र दिनेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।यसैबीच अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा परी १३४ जना भन्दा धेरैको मृत्यु भएको ६ भने १४८ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १३४ जनाको मृत्यु भएको छ ।