Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दोलखा भिमेश्वर मन्दिरलाइ २ पटक सम्म पसिना आएपछि अनिष्ठ हुन्छ भन्दै राष्ट्रपति पुगे पुजा गर्न

दोलखा भिमेश्वर मन्दिरलाइ २ पटक सम्म पसिना आएपछि अनिष्ठ हुन्छ भन्दै राष्ट्रपति पुगे पुजा गर्न

११ साउन, काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलामा पसिना यहि साउन ९ गते बुधबार मध्यनादेखी पसिना आयो , बाँया भागबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहेको छ । संयोबस त्यही दिन त्यही समयमा सौर्य एयरलाईन्सको बिमान दुर्घटनामा १८ जनाले ज्यान पनि गुमाए । यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा गरिएको हो ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेलले राष्ट्रपति भवनमै विशेष संकल्प गरी सामग्री पठाएका छन् । उनको सामग्री लिएर एक सहसचिव र एक उपसचिव दोलखा गएर प्रमुख जिल्ला अधिकारीको अगुवाइमा पूजा सम्पन्न भएको हो ।केही दिनअघि भीमेश्वरको भीमसेन शिलामा पसिना आएपछि अनिष्ठको चिन्ता गर्दै मन्दिरका पूजारीमार्फत राष्ट्रपतिलाई क्षमा पूजाका लागि आग्रह भएको थियो ।

भीमसेनको मूर्तिमा बुधबार दिउँसो साढे दुई घण्टा पसिना आएको थियो । ‘पसिना’ पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको छ। यसअघि शनिबारसमेत शिलामा पसिना आएको थियो। भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ। शिलामा पसिना आउनुलाई राम्रो मानिदैन। यसअघि गत साउन ५ गते पनि भीमसेनको शिलामा पसिना आएको थियो ।भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरका अनुसार भीमसेनको शिलाको बाँया भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ । मेयर माननन्धरका अनुसार वि।सं।१९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ र २०८१ साउन ५ गते शिलाको बाँया भागबाट पसिना आएको थियो । यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य दुःखदायी घटना भएको इतिहास छ । भीमसेनलाई आएको पसिनाले ती घटनाहरुको पूर्वसंकेत गरेको जनविश्वास रहँदै आएको मेयर मानन्धरले बताए ।

‘भीमसेनको शिलामा पसिना आउँदा शुभ हुने संकेत पनि छ, अनिष्ट हुने संकेत पनि मानिन्छ । शिलाको बाँयाबाट पसिना आउँदा अनिष्टको संकेत, दाँयाबाट आउँदा शुभ संकेतको जनविश्वास छ । साउन ५ गते शिलाको बाँयाबाट पसिना आएको थियो । आज शिलाको शिर हुँदै मध्य भागसम्म पसिना आएको छ,’– मेयर मानन्धरले रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा भने । भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो । गणतन्त्रपछि त्यो परम्परा छोडिएको छ । गणतन्त्रपछि भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन रहेको छ ।