Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

मन्त्री दिपक मनांगे गञ्जीमै कार्यकक्षमा भेटिए ,रक्सीले मात्तिएर अपशब्द बोलेको कर्मचारीको गुनासो

मन्त्री दिपक मनांगे गञ्जीमै कार्यकक्षमा भेटिए ,रक्सीले मात्तिएर अपशब्द बोलेको कर्मचारीको गुनासो

काठमाडौं । गण्डकी प्रदेश सरकारका छैटौंपटक मन्त्रीको रेकर्ड कायम गरेका राजीव गुरुङ दीपक मनांगे। जो बेलाबेला विवादित गतिविधिले पनि सधैं चर्चामा आउने गर्छन । यसैबिच फेरि उनको एक हर्कतले चर्चा आएका छन । उनी भन्दा पनि उनको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ । एक पटक होर ६ पटक मन्त्री भएका मनाङे पछिल्लोपटक मनाङे गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेका छन् । केही दिनअघि गञ्जीमै कार्यकक्षमा बसेर मदिरासमेत खाएर अपशब्द बोलेको कर्मचारीले नै गुनासो गरेका छन् । यता गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आन्दोलनरत व्यवसायीका माग सम्बोधन हुन्छन् भन्ने प्रश्नमा उनले भने, ‘२४ घण्टामा अलिअलि रक्सी खान्छु अनि सुत्छु । ट्याक्सी व्यवसायीहरूले दिएको अल्टिमेटम २४ घन्टा बाँकी छ, के गर्नु हुन्छ भन्ने प्रश्नमा भौतिक पूर्वाधार मन्त्री मनाङेले भने, ‘२४ घन्टामा अलिअलि रक्सी खान्छु, सुत्छु । मैले उसको कुरा मान्दिनँ, यो त ब्याकमेलिङ जस्तो भयो ।’ प्रदेशसभाको अघिल्लो कार्यकालमा उनी तीन पटकसम्म खेलकुदमन्त्री बने । दोस्रो कार्यकालमा उनलाई लगातार तीनैपटक महŒवपूर्ण भौतिक पूर्वाधार मन्त्रालयको साँचो सुम्पियो । पहिलो कार्यकालमा करिब डेढ वर्षसम्म र दोस्रो कार्यकालमा ३ महिना अवधिमै तीनपटक भौतिक पूर्वाधारमन्त्री बनिसकेका छन् ।

गत वर्ष ५ चैतमा उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार तथा विकासमन्त्री बनाएका थिए । २५ चैतमा मुख्यमन्त्री खगराज अधिकारीले सोही मन्त्रालय दोहो¥याउँदा मंगलबार मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिएका हुन् । आजभन्दा ७ वर्षअघि ७ माघ २०७४ मा गण्डकी प्रदेशसभाका सबै सांसदले शपथ ग्रहण गरेका थिए, तर मनाङे छुटे । किनकि ज्यान मार्ने उद्योगको मुद्दाका कारण उनी फरार थिए । पछि अदालतमा उपस्थित भएर ८ महिना जेलसमेत बसे । २०७४ सालको फौजदारी संहिताले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा जेल नबसी मुद्दाको पुनरावेदन गर्न पाउने सुुविधा दिएपछि अर्को वर्ष ६ पुसमा कारागारमुक्त भएर उनले शपथका लागि प्रदेशसभा सचिवालयमा निवेदन दिए । उनी १५ माघमा प्रदेशसभा सदस्य हैसियतमा पद तथा गोपनीयताको शपथ लिएर गण्डकी प्रदेशसभा छिरेका थिए । यसरी प्रदेशसभाको कुल ७ वर्षमा उनले ६ पटक मन्त्रीको रेकर्ड कायम गरेका हुन् । उनी जुन दलको नेतृत्वमा सरकार बने पनि उतै मन्त्री बनिहाल्छन् । विगतमा गुन्डागर्दीको छवि बनाएका मनाङेविरुद्धको मुद्दा अझै पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।