काठमाडौं– तीज नजिकिँदै गर्दा गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीको स्वरमा ‘बहिनी नाचिन्’ बोलको गीत पृथ्वी इन्टरटेन्टमेन्टबाट बजारमा आएको छ । सपना रसाइलीको शब्द रहेको गीतमा हेमन्त कान्छाले संगीत दिएका छन् ।
सार्वजनिक गीतको भिडियो पनि निर्माण भएको छ । शिव विकको निर्देशन रहेको भिडियोमा रेशम फिरिरि, हेमन्त कान्छा रसाइली , विकास राना, सम्झना भण्डारी, अस्मिता भण्डारी, एलिना ठकुरी, रुपा सुनार लक्ष्मी भण्डारी लगायतको अभिनय रहेको छ ।