Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

नविनको ‘बोल्नु पर्छ ओइ’ बोलको तीज गीत सार्वजनिक

नविनको ‘बोल्नु पर्छ ओइ’ बोलको तीज गीत सार्वजनिक

गायक नविन पौडेल र गायिका पूर्णकला विसीको स्वरमा ‘बोल्नु पर्छ ओइ’ बोलको ब्यङ्गात्मक शैलीको तीज गीत तयार भएको छ । गीतमा दिग्गज धौरालीको शब्द तथा विष्णु प्रसाद घिमिरेको संगीत छ ।

गीतबाट देशमा भएका वेथिती, बिसंगती, कु–संस्कार, भ्रस्टाचार एवम् लुटतन्त्रविरुद्ध चोटिलो प्रहार गरिएको छ । ‘एउटै गल्तीमा कसैलाई जेल र कसैलाई सफाइ दिनु हुदैन भन्ने कुरालाई पनि गीतमा समेटेका छौ, गायक पौडेल भन्छन्, ‘परदेशीको रेमिट्यान्सले मुलुक चल्ने गर्छ, नोट चल्ने भोट नचल्ने नीति फेर्नै पर्छ भनेर विदेशमा रहेका नेपालीको पिडालाई पनि देखाउने कोशिस गरेका छौ ।’

शंकर विसीको निर्देशनमा बनेको भिडियोमा शंकर विसी र रिना थापाको अभिनय छ । दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई नविन घर्तीमगरले सम्पादन गरेका छन् ।