काठमाडौँ । हामी सबै ईजरायलमा बर्षौदेखीदिन देखी बेपत्ता भएका बिपिन जोशीको शासको खोजीमा छौ तर बिडम्बना उनै बिपिन जोशिको शास अर्थात उनी जिबित रहेको बारे यतिबेला कुनै प्रमाण नभेटिएको खबर आएको छ । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका छन्। उनीहरूले विपिन जीवितै रहेको प्रमाण नभेटिएको भन्दै आशंका व्यक्त गरेको द टाईम्स अफ इजरायलमा प्रकाशित समाचारमा उल्लेख छ।
युद्ध सुरु भएको केही समयपछिदेखि तीन जना बन्धकहरू जीवित भएको कुनै संकेत प्राप्त नभएको उसले जनाएको छ । तिमध्ये दुई जना विदेशी नागरिक हुन् र एक जना इजरायली रहेको बताइएको छ । जीवितको कुनै संकेत नपाएको भए पनि यी दुई विदेशी बन्धकहरूलाई आधिकारिक रूपमा मृत घोषित भने नगरिएको द टाईम्स अफ इजरायलले जनाएको छ । जीवितै रहेको प्रमाण नभेटिनेमा नेपालका विपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ रहेको समाचारमा भनिएको छ । बुधबार मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको बताउँदै तीन जना बन्धक जीवितै रहेकोमा आशंका रहेको जानकारी दिएका थिए ।
ती अधिकारीका अनुसार जीवितको कुनै संकेत नपाएको भए पनि यी दुई विदेशी बन्धकहरूलाई आधिकारिक रूपमा मृत घोषित भने गरिएको छैन। अस्ति बुधबार मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको बताउँदै तीन जना बन्धक जीवितै रहेकोमा आशंका रहेको जानकारी दिएका थिए। यी तीन जना जिवित भएको प्रमाण नभेटिएको कुराको जानकारी उनीहरूका परिवारलाई पनि जानकारी गराइएको टाईम्स अफ इजरायलले लेखेको छ।हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको छ। यीमध्ये ३५ जनाको मृत्यु भइसकेको छ, जसमा तीन जना विदेशी नागरिक रहेको समाचारमा उल्लेख छ। ७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ । उनको रिहाइका लागि नेपाल सरकारले इजरायलसँगै कतार र इजिप्टसँग समेत कूटनीतिक पहल गर्दै आएको छ । तर, उनको रिहाइ हुन सकेको छैन । परराष्ट्र मन्त्री एनपी साउद आफैँ उनको रिहाइका लागि पहल गर्न कतार पुगेका थिए । कतार पुगेर त्यहाँका राजा तथा प्रधानमन्त्रीसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए । तर, सरकारले गरेको पहलहरूले सार्थकता पाउन सकेको छैन । नेपालले उनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग गुहार माग्दै आएको छ ।