काठमाडौँ । रवि लामिछानेले थुनामुक्त हुन दिएको निवेदन माथिको सुनुवाई सकिएको छ । निवेदनमाथि सुनुवाइ सकिएकाले आजै आदेश आउने संभावना उच्च रहेको छ ।
निवेदन उपर लामछिाने र सरकारी वकिलको तर्फबाट बहस सकिएपछि सुनुवाइ सकिएको हो। अब लामिछानेलाई थुनामै राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आउनेछ । सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ सकिएको हो।
सहकारी ठगी, संगठित अपराधको अभियोगमा पुर्पपक्षका लागि रुपन्देही कारगारमा रहेका लामिछानेले साउन १९ गते आफूलाई बिगोबमोजिमको धरौटी बुझेर थुनामुक्त गर्न रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए ।