Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

मन्त्री फेर्ने ओलीको तयारी, योगेश भट्टराई देखी सुर्य थापा सम्म चर्चामा,देउवा पुगे ओली भेट्न

मन्त्री फेर्ने ओलीको तयारी, योगेश भट्टराई देखी सुर्य थापा सम्म चर्चामा,देउवा पुगे ओली भेट्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्मा हेरफेर गर्ने तयारी थालेका छन । मन्त्रिपरिषद् हेरफेरकै लागि आज दिउँसो सत्ता गठबन्धन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि र केही विवादास्पद गतिविधिका कारण मन्त्रीहरूको फेरबदल आवश्यक भएको निष्कर्ष प्रधानमन्त्रीले निकालेका हुन्। ओलीले मन्त्रिपरिषद्मा एमालेका केही अनुहार परिवर्तन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले भारत भ्रमणअघि नै ती मन्त्रीहरू परितर्वन गर्न लागेको एमाले स्रोतले बताएको छ ।

ओलीले आफ्नो क्लस्टरबाट योगेश भट्टराई, सुर्य थापा, तारा लामा तामाङ, एलपी साँवा लिम्बु लाई पठाउने तयारी गरेका छन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेलाई भने ओलीले मन्त्रिपरिषद्मा निरन्तरता दिने मनसाय बनाएका छन् । स्रोतको दाबीअनुसार प्रधानमन्त्री ओलीले केही पुराना अनुहार हटाएर नयाँ मन्त्रीहरू ल्याउने तयारी गरका छन ्।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस डिल प्रकरणमा मुछिएपछि राजीनामा दिएसँगै एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई मन्त्रीमा नियुक्त गरिएको छ। प्रधानमन्त्रीसँग निकट एक नेताका अनुसार जनता समाजवादी पार्टी ९जसपा० का नवलकिशोर साह सुडीलाई हटाउने तयारी अन्तिम चरणमा पुगेको छ।

लोसपाका शरदसिंह भण्डारीलाई पार्टी फिर्ता बोलाएर अर्को नेतालाई सरकारमा पठाउने तयारी भएको छ। अहिले प्रधानमन्त्री ओलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईलाई बिदा गरेर नयाँ अनुहार ल्याउन खोजेका छन् । कांग्रेस र एमाले नेतृत्व अलग–अलग छलफलमा व्यस्त छन् भने प्रधानमन्त्री ओलीले सरप्राइज दिने शैलीमै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका भएपनि सहयात्री दल कांग्रेसले आफ्ना नेताहरूलाई फिर्ता बोलाउन चाहिरहेको छैन। काँग्रेसका महामन्त्री गगन थापा, शेखर कोईराला लगायत ओली सरकारको काम कारवाहि संग सन्तुष्ट छैन ।

यस अगाडी पनि काँग्रसकै नेताले ससरकारले काम गर्न नसकेको बताए पनि देउवा भने तत्काल मन्त्री फेर्न तयार छैनन । तर,ओलीले भारत भ्रमणमा जानु भन्दा अगाडी मन्त्री परिषद हेरफेरको तयारी गरेका हुन । केही समय देखि ओली मन्त्री हटाउने चाहानामा रहे पनि देउवाकै जोडका कारण अहिले सम्म मन्त्री परिषद फेर्न सकेका छैन । देउवाले नचाहदा ओली रोकिएका थिए । ओलीले देउवा नमाने पनि आफ्नो कलस्टरका मन्त्री फेर्न लागे पछि अहिले देउवाले पनि चासो देखाएका छन ।