Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

भारतमा मोदी सरकारविरुद्ध उत्रिए जेनजी, दोहोरिएला नेपालको घटना ?

भारतमा मोदी सरकारविरुद्ध उत्रिए जेनजी, दोहोरिएला नेपालको घटना ?

काठमाडौँ । नेपालमा भएको जेनजी आन्दोलन सहादत कतिले सम्झिनु भएको छ ?घटना हेर्दा, मात्र सामाजिक संजाल बन्द गरेको बिरोधमा युवाहरुको आक्रोश थियो, जुन आक्रोशले बर्षौ देखि सत्ताको बागडोर सम्हालेर बस्नुभएका ओली देखि देउवा सम्मको भागाभाग भयो ।

आज  भारतमा पनि त्यस्तै घटना दोहोरीने संकेत देखिएको छ । भारतमा पनि बिषय ठुलो हैन ,एउटा शिक्षा मन्त्रीको राजिनामाको माग गर्दै कक्रोज जनता पार्टीको जन्म भएको थियो । सोहि लडाई अहिले सडकमा पुगेको छ ।

हिजो संसद भवन अगाडीको ब्यारिगेटनै तोडेर जेन्जीहरु अगाडी बढेका थिए । प्रहरीलाई कन्ट्रोलमा लिन निकै मुस्किल परेको थियो । नेपालमा जस्तो गोलि नचल्दा उक्त घटना भने अप्रिय हुन् पुगेन । 

तर भिड भने नेपालकै हालतमा भारतलाई पुर्याउछौ भन्दै आक्रोश व्यक्त गरिरहेको देखिन्थ्यो । मोदी सरकार बिरुद्ध भारतमा भएको आन्दोलनलाई लिएर अहिले विश्वको ध्यान भारत तिर तानिएको छ । 

बर्षौ देखि एकल सरकारको बागडोर सम्हालिरहेका भारतीय प्रधानमन्त्री मोदीलाईनै झस्काउनेगरि उक्त घटना हिजो घटेको थियो ।

मोदी संसदबाटै एकाएक भाग्न पर्ने अबस्थामा पुगेका थिए । कतै संसद भवनमा कक्रोज पार्टीका जेन्जीहरुले आगो त् लगाउने हैनन् भन्दै मोदीलाई सुरक्षित ठाउँ लागिएको थियो । 

आन्दोलनरत जेन्जी देखि बृद्धाहरु भने मोदी प्रति नै खनिएका थिए । भारतमा यदि उक्त आन्दोलन चर्कियो भने नेपालमा शंकट पर्ने निश्चित देखिएको छ । नेपालमा आउने खाद्य देखि तेल सम्मको आपूर्ति ठप्प हुने अबस्था निर्माण हुन् सक्ने विज्ञहरु बताउछन् ।

 मोदी सरकार बिरुद्ध यसरी हजारौको शंख्यामा सडकमै आन्दोलन भएको यो पहिलो पटक हो ।

भारतमा शिक्षामन्त्रीले राजिनामा नदिएको र प्रश्नपत्र चुहाइएको आरोप लाग्दै आएको छ । राजिनामा नदिएपछि जेन्जीहरु आक्रोशित बनेका हुन् । अहिलेको अबस्थामा मोदीले भिड कन्ट्रोल गर्न नसकेको खण्डमा अप्रिय घटना घट्न सक्ने देखिएको छ ।

आन्दोलन थप चर्काउन कक्रोज पार्टीका प्रतिनिधिहरुले जिल्ला जिल्लामा आफ्नो टिम बनाइरहेको खुल्नमा आएको छ । यति बृहत टिम निर्माण भएको खण्डमा र लाखौ युवाहरु दिल्ली प्रस्थान गरेर आन्दोलनमा सहभागी भएको खण्डमा भिड कन्ट्रोल गर्न भारत प्रहरीलाई समेत मुस्किल पर्ने देखिन्छ ।

आन्दोलन थप चर्किने देखिएपछि मोदीले प्रहरीको शंख्या एकाएक दिल्लीमा बढाएका छन । दिल्लीलाई नै टार्गेट गरेर जेन्जीहरु सडकमा आएको खण्डमा ठुलो घटना नघटाउनको लागि प्रहरीहरु थप बढाईएको खुलेको हो । मोदी आफैले यस घटनालाई शुक्ष्म अध्यन गरिरहेको खुलेको छ । आन्दोलनरत कक्रोज पार्टीका प्रतिनिधिहरुलाई सम्झाएर घर फर्काउन र यदि नमानेको खण्डमा लाठ्ठी चार्ज मात्रै गर्न प्रहरीलाई हाल सम्म निर्देशन छ।

प्रहरीले अश्रु ग्याँस र पानीको फोहोराकै भरमा आन्दोलनरत कक्रोज पार्टीका हजारौ प्रतिनिधिहरुलाई घर फर्काएका थिए । आन्दोलनमा सहभागी भएका ५ सय बढी घाइते भएको आकलन गरिएको छ ।