Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

गुण्डा नाइके गोर्खालीलाई ५ दिन हिरासतमा राख्न अनुमति

गुण्डा नाइके गोर्खालीलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । गुण्डा नाइकेका रुपमा चिनिएका राजु गोर्खालीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । सोमबार अदालतले उनलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो ।

बैंकिङ कसुर मुद्दामा उनी आइतबार राजधानीको चन्द्रागिरी क्षेत्रबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको एसपी अपिलराज बोहराले जानकारी दिए ।