Jul 25 2026 | २०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

पाल टाँगेर खुल्ला आकाश मुनि सुरु भयो सर्वाेच्चको ईजलास, गर्मी र बाहिरको हल्लाले तनाव

पाल टाँगेर खुल्ला आकाश मुनि सुरु भयो सर्वाेच्चको ईजलास, गर्मी र बाहिरको हल्लाले तनाव

काठमाडौं, जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीबाट ध्वस्त पारिएको सर्वोच्च अदालत लयमा फर्कने प्रयास गरिरहेको छ। प्रदर्शनकारीले इजलास जलाएर ध्वस्त बनाए पछि अहिले खुल्ला आकास मुनी पाल टाँगेर ईजलास बसेको छ । जेनजी आन्दोलनमा सर्वोच्च अदालत, जिल्ला अदालत लगायत सरकारी कार्यालय सबै जलाईएको छ । बस्न मिल्ने कार्यालयमा सरसफाई गरेर कार्यालय सुरु भएका छन्। कतै पुन निर्माणको काम भई रहेको छ ।

आन्दोलनकारीले जलाएको सिंहदरबार लगायत क्षेत्रमा पनि रङ रोगनको काम भई रहेको छ । अहिले संरचना जले पनि कर्मचारी उच्च मनोबलका साथ काममा फर्किएका छन्। विध्वंशपछि सर्वोच्चमा पहिलो पटक आज दुई वटा इजलासमा जम्मा दुई वटा बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ गरेको छ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीका बेग्लाबेग्लै इजलासमा रिटहरू परेका थिए। सर्वोच्च परिसरमा जलाइएका गाडीहरूको थुप्रो हटाएर पाल टाँगी त्यहीँभित्र इजलास सञ्चालन गरिएको हो।

काठका सामान्य कुर्सी–टेबल राखेर एकातिर न्यायाधीश, अर्कोतिर इजलास अधिकृत र त्यहीँ नजिकै कानुन व्यवसायी बस्ने व्यवस्था गरिएको थियो।  २४ भदौको आगजनीपछि खरानी बनेको सर्वोच्च अदालतले ९ दिनपछि सांकेतिक रुपमा भएपनि न्यायिक कामकारबाही शुरु भएको हो । आगजनीबाट बचेका केही कुर्सी र टेबुलहरू र एउटा त्रिपालको जोहो गरेर सर्वोच्च अदालतले खुला आकाशमा खडा गरिएको पालभित्र इजलास चलाएको हो । आधाजस्तो ह्वाङ्ग बनेको इजलासमा दुईतिरबाट खटिएका सुरक्षाकर्मीहरूले जसोतसो सुरक्षा दिइरहेका थिए ।

बाहिरै बहस चलिरहेको अबस्था छ । जेनजीहरुको आन्दोलनमा अदालत नै जलाईए पछि ६० हजार कागजात जलेर नस्ट भएका छन्।ज्नताले न्याय पाउने मन्दिरमा भएको आगजनी र तोडफेडको धेरैले भत्सना गरेका छन्। प्रदर्शनकारीले काठमाडौँ मात्रै नभएर देशकाका विभिन्न ठाउँमा रहेका अदालत पनि जलाएका छन्। आगजनीले गर्दा अदालतका सबैजसो फाइलहरू जलेका छन् ।

आगोले सूचना–प्रविधि प्रणालीको सर्भरमा क्षति पुगेकाले अनलाइनसँग सम्बन्धित सबैजसो कामहरू अवरुद्ध छन् । काठमाडौंमा रहेको सर्वोच्च अदालत, विशेष अदालतदेखि काठमाडौं जिल्ला अदालतमासमेत आगजनीले क्षति पुगेका छ । यसका अलावा उच्च अदालत हेटौंडा, उच्च अदालत तुलसीपुर बुटवल इजलास, उच्च अदालत विराटनगर, उच्च अदालत राजविराजमासमेत आगजनी भएको छ । काठमाडौंसहित १० जिल्ला अदालतमासमेत आगजनी भएको पाइएको छ ।

जसमा कपिलवस्तु जिल्ला अदालत, सप्तरी जिल्ला अदालत, बाँके जिल्ला अदालत, चितवन जिल्ला अदालत, कास्की जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत, कास्की जिल्ला अदालत, पर्सा जिल्ला अदालत र जिल्ला अदालत मकवानपुरमा आगजनीबाट क्षति पुगेको छ ।