Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

स्वास्थ्यमन्त्री मेहताको उपस्थितिमा आईभीएफ सेवा व्यवस्थित बनाउन कानुनी ऐनबारे छलफल

स्वास्थ्यमन्त्री मेहताको उपस्थितिमा आईभीएफ सेवा व्यवस्थित बनाउन कानुनी ऐनबारे छलफल

काठमाडौँ । नेपालमा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कानुनी र नीतिगत तयारी अघि बढाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा शुक्रबार भएको छलफलमा हाल सञ्चालनमा रहेका आईभीएफ सेवाको अवस्था, मापदण्ड, पूर्वाधार र नियमन प्रणालीको समीक्षा गरिएको छ। सेवा सञ्चालनका लागि कार्यविधि तयार गर्ने र दीर्घकालीन रूपमा छुट्टै ऐन ल्याउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री मेहताले प्रजनन स्वास्थ्य सेवामा सेवाग्राहीको सुरक्षा, उपचारको गुणस्तर र नैतिक अभ्यास सुनिश्चित गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताउँदै सम्भावित अनियमितता रोक्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरिन्।

बैठकमा आईभीएफ सेवाका न्यूनतम मापदण्ड, अनुमति प्रक्रिया र अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो। छलफलमा डा. श्रीप्रसाद अधिकारी, डा. ज्योति थापा र डा. बिनिता थापाको सहभागिता रहेको थियो।