काठमाडौँ । अछामको रामरोशन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबारे मन्त्रालयले नयाँ निर्णय लागू गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जगत बहादुर रावलको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गर्दै शाखा अधिकृत तारा दत्त भट्टलाई तत्काल जिम्मेवारी सम्हाल्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार असार १० गतेकै निर्णयअनुसार भट्टलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको थियो। गाउँपालिकालाई उनलाई तत्काल हाजिर गराई नियमित कामकाज सञ्चालन गर्न भनिएको छ।
साथै, कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अबदेखि गाउँपालिकाको खाता मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारा दत्त भट्टमार्फत मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।