Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिहीबारको धक्का पछि आइतबार बजारमा भारी घटबढ

बिहीबारको धक्का पछि आइतबार बजारमा भारी घटबढ

काठमाडौं, विगत बिहीबारको ऐतिहासिक गिरावटपछि आइतबार सेयर बजारमा उच्च उतारचढाव देखिएको छ। बिहीबार नेप्सेमा ठूलो गिरावट आएपछि नकारात्मक सर्किट लागेर बजार समय अगावै बन्द भएको थियो। आजको बजारमा भने तीव्र रुपमा घटबढ देखिएको हो।

आजको प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक २४ अंकले घट्दै खुलेको थियो। त्यसपछि बजारले तीव्र गति लिँदै १० मिनेटभित्रै ५९ अंकले वृद्धि गर्दै २५७१.०६ बिन्दुमा पुगेको थियो।

तर यो वृद्धि लामो समय टिक्न सकेन। पाँच मिनेटमै बजार पुनः घट्न थालेपछि परिसूचक फेरि सुरुको बिन्दुमा फर्किएको छ। बिहान ११:१५ बजे नेप्से सूचक २५१४.६९ अंकमा झरेको थियो।

बिहीबारको गिरावटपछि अर्थमन्त्री रामेश्वर खनालले बजारको अवस्था सुधार गर्न चासो देखाउँदै एक अध्ययन कार्यदल गठन गरेका थिए। साथै, नेप्सेको अन्तिम मूल्य गणना गर्ने विधि परिमार्जन गर्न पनि निर्देशन दिएका थिए।

नेप्सेले मंगलबारदेखि नयाँ मूल्य गणना प्रणाली लागू गर्ने निर्णय गरिसकेको छ भने कार्यदलले काम थालिसकेको छ। यद्यपि हालसम्म यी कदमले बजारमा सकारात्मक असर पार्न सकेको देखिँदैन।