Shares
Shares
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आज ठोरीको भ्रमण गरेका छन । भ्रमणको क्रममा राष्ट्र बैंकका विभागीय प्रमुख हरु , खैरहनी नगरपालीका प्रमुख साथै विभिन्न विशिष्ट व्यक्तिहरु साथमा देखिएका छन । विगत लामो समयदेखी ठोरीका युवा , अर्थशास्त्रका विधार्थी होम ब श्रेष्ठले विश्व विख्यात अर्थशास्त्री डा विश्व पौडेललाइ ठोरीको स्थलगत भ्रमण गराएर वहाको विज्ञतालाइ कसरी ठोरीको माटोमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा विशेष पहलकदमी लिइरहेका थिए ।
डा विश्व पौडेलले पनि ठोरीको विषयमा गहिरो अध्ययन गरीराख्नुभएको बुझिएको छ । उनले आफु योजना आयोगको उपाध्यक्ष हुदा ठोरी हुदै नेपाल , भारत र चीनलाइ जोड्ने त्रीदेशयीय द्रुत मार्ग विकास गर्ने विषयमा अध्ययन गरेको कुरा बताउनुभएको छ , त्यसैगरी अर्थमन्त्री प्रकास शरण महतको सल्लाहकार हुदै गर्दा छोटी ठोरी भन्सार सुचारु गर्ने विषयमा पनि पौडेलले विशेष पहल गरेका थिए ।। आज नेपाल राष्ट्र वैन्कको प्रमुखको रुपमा ठोरीमा उपस्थित हुदै गर्दा उनले ठोरीको स्तरोन्नती गर्नको लागी आफुले सकेको सबै किसिमको कार्य गर्ने प्रतिवद्बता व्यक्त गर्नुभएको छ ।
भेटघाटमा सहभागी सुदिप थापाको अनुसार ठोरी छोटी भन्सार सुचारु विषय - गभर्नरको कार्यक्षेत्र नभए पनि वहाको मध्यस्थतामा वहामार्फत, अर्थमन्त्रीसङ्ग यस विषयमा थापाको घनिभुत कुराकानी भै रहेको बुझिएको छ साथै आजको कार्यक्रममा निम्न विषयहरुमा समेत छलफल भएको पाइएको छ ।
1. बैंक शाखा विस्तार गाउँपालिकामा वाणिज्य बैंक, विकास बैंक वा लघुवित्त संस्थाको शाखा स्थापना गर्न पहल गर्न। गाउँपालिकाका दुर्गम वडामा मोबाइल बैंकिङ वा शाखारहित बैंकिङ सेवाको व्यवस्था गर्न।
2. सहज ऋण सुविधा स्थानीय किसान, उद्यमी र व्यवसायीलाई कृषिऋण, सहुलियतपूर्ण उद्यमशीलता ऋण, सहकारीमार्फत कर्जा प्रवाह गर्ने व्यवस्था। स्वरोजगार, होटल/पर्यटन, र कृषि–उद्योगमा लगानी गर्न सरल र कम व्याजदरमा ऋण उपलब्ध गराउन।
3. डिजिटल वित्तीय पहुँच विस्तार QR code, मोबाइल बैंकिङ, डिजिटल भुक्तानी प्रणाली गाउँपालिका भित्र विस्तार गर्न। स्थानीय बजार, पसल र सहकारीमा डिजिटल भुक्तानी प्रणाली लागू गर्न तालिम तथा प्रविधि सहयोग।
4. वित्तीय साक्षरता कार्यक्रम स्थानीय जनतालाई बचत, लगानी, बीमा, ऋणको सदुपयोग सम्बन्धी वित्तीय शिक्षा दिने कार्यक्रम सञ्चालन गर्न। विद्यालयस्तरमै वित्तीय साक्षरताको तालिम ल्याउने पहल।
5. विशेष लगानी सुविधा ठोरी क्षेत्रलाई कृषि, पर्यटन र वनजङ्गलमा आधारित लगानीको ‘Special Economic Zone (SEZ)’ घोषणा गर्न राष्ट्र बैंकमार्फत पहल। ठोरी जस्तो सीमा नजिकको क्षेत्रमा कानुनी रूपमा सुरक्षित भुक्तानी प्रणाली र विदेशी मुद्रा कारोबार सहज बनाउन। 6. स्थानीय मुद्रण (Currency Circulation) समस्या समाधान नक्कली नोट नियन्त्रण र सिक्का/साना नोट आपूर्ति बढाउने पहल। 7. सहकारी संस्थाको नियमन र सहयोग गाउँपालिकाभित्रका सहकारी संस्थाहरूलाई मजबुत बनाउन प्राविधिक सहयोग। सहकारीमार्फत किसान, महिला समूह र युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा पहुँच बढाउने।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209