Jul 27 2026 | २०८३, श्रावण ११ गते
Shares
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कीर्तिपुर नगरपालिकालाई पाँचथान कम्प्युटर र प्रिन्टर सहयोगस्वरूप प्रदान गरेको छ। असोज २२ गतेका दिन आयोजित एक विशेष कार्यक्रममा बैंककाउपमहाप्रबन्धक प्रताप सुवेदीले कीर्तिपुर नगरपालिकाका नगरप्रमुख कृष्णमान डंगोललाई उक्त सामग्री हस्तान्तरण गरेकाथिए । हालै असोज २४ गतेको संकटपछि सेवा प्रवाह पुनः सुचारु गर्न नगरपालिकालाई सहज बनाउने उद्देश्यले बैंकले योसहयोग गरेको हो। कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा, वाग्मती प्रदेशकानिर्देशक चन्द्रसिंह थापा, कीर्तिपुर शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठ, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतटंकलाल गैरेलगायतका कर्मचारी र अधिकारीहरूको उपस्थिति थियो।
नगरप्रमुख डंगोलले सहयोगका लागि बैंकप्रति धन्यवाद ज्ञापन गर्दै यसले नगरपालिकाको सेवा प्रवाहमा थप सहजता ल्याउनेविश्वास व्यक्त गरेका हुन ।
© 2026 All right reserved to laligurash.com
By