काठमाडौं, जनेजीको घटनालाई लिएर सञ्चारकर्मी भोजराज , भाग्यन्यौपाने देखी सुमना र कलाकार निश्चल बस्नेत देखी हिमेश पन्तबिरुद्ध प्रहरीमा जाहेरी परेको छ । भदौ २४ गतेको घटनालाई लिएर काठमाडौंका मेयर बालेन साह, हामी नेपालका संस्थापक सुधन गुरुङ, कन्टेन्ट क्रियटर, कलाकार तथा युट्युवरसहितविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।
अनुप उप्रेती र राजन चेम्जोङ ले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको जाहेरीमा कलाकारहरू संजोग कोइराला, निश्चल बस्नेत, रास्वपा नेतृ ज्वाला संग्रौला, तनुजा पाण्डे, पत्रकार राजीव खत्री, युट्युवर भाज्ञ न्यौपाने, प्रदीप ज्ञवाली, कलाकार हिमेश पन्त, भोजराज थापा, जेन्जीका अगुवा मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योज्ञ्ता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, पूर्वसांसद सुमना श्रेष्ठ, केपी खनाल, रिमा विश्वकर्मा, टिकटकर मनोज के.सी., युजन राजभण्डारी, रामकुमार खड्का लगायतमाथि कारबाही माग गर्दै किटानी जाहेरी दिएका हुन ।
राज्यविरुद्धको कसुर, आतंकवाद विरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजानासम्बन्धी कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुरलगायतमा आरोपित गर्दै अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएका हुन ।
हालैको जेन(जी आन्दोलनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काएको र सार्वजनिक सम्पत्तिमा क्षति र्पुयाएको जाहेरीमा उल्लेख गरिएको छ । जाहेरीवालाले प्रमाणका रूपमा आरोपितहरूले विभिन्न स्थानमा जलाउन, तोडफोड गर्न लगाएको भन्दै विभिन्न सञ्चारमाध्यमबाट संकलित फोटो तथा भिडिओहरू प्रमाणका रूपमा प्रहरीमा पेस गरेका छन । यसैबिच बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरी दर्ता नभएपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ ।
२१ असोजमा अनेरास्ववियुले जाहेरी दिएको थियो तर दर्ता नभएपछि दबाब दिन अनेरास्ववियुको टिम परिसर पुगेको हो । प्रहरीले २४ घण्टाभित्र निर्णय दिने भनेको थियो । तर अहिलेसम्म जाहेरी दर्ता भएको छैन । सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी गरेको भन्दै अखिलले बालेन र सुदनविरुद्ध जाहेरी दिएको हो । अहिले पक्राउ गर्न सुरक्षा निकायलाई दबाब दिएको विषय चर्चामा छ। जाँचबुझ आयोग र प्रहरीबीच जाहेरी आदानप्रदानको घटनाले दुई निकायबीच गम्भीर असमझदारी उत्पन्न भएको छ ।
जाहेरी आयोगले प्रहरीलाई नै फिर्ता गरिदिएपछि असमझदारी सतहमा आएको हो ।मृतक परिवारका तर्फबाट हालिएको जाहेरीलाई आयोगको क्षेत्राधिकारमा पर्ने भन्दै काठमाडौं प्रहरी परिसरले दर्ता गर्न मानेको थिएन । जाहेरी बुझेर आयोगमा पठाइएकोमा आयोगले फेरि प्रहरीलाई नै फिर्ता दिएको हो । यसबाट काठमाडौं प्रहरी दबाबमा परेको छ । काठमाडौं प्रहरीका एक उच्च अधिकारीले जाहेरी दर्ता गर्ने वा नगर्नेबारे निर्णय भइनसकेको बताए ।