Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मधेश प्रदेशका मुख्यमन्त्रीमा जितेन्द्रप्रसाद सोनल नियुक्त, भोजपुरी भाषामा शपथ

मधेश प्रदेशका मुख्यमन्त्रीमा जितेन्द्रप्रसाद सोनल नियुक्त, भोजपुरी भाषामा शपथ

काठमाडौं, मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष भोजपुरी भाषामा शपथ लिनुभएको हो ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बुधबार साँझ पाँच दलको समर्थनमा बहुमत प्राप्त गरेका सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । उनलाई पाँच दलका जम्मा ५६ जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।