काठमाडौं, यहीँ कार्तिक १ गतेबाट लागुहुने गरी कृषि पेशा व्यवसायमा आवद्ध गा्रहकहरुलाई लक्षित गदैँ कृषि विकास बैकले कृषि कर्जाको व्याजदर प्रिमियममा ०.५ प्रतिशतले घटाएको छ । यो ब्याजदर प्रिमियम बैकबाट प्रदान गरिने अन्य कर्जाहरु भन्दा ०.५ प्रतिशत कम हुने बैक स्रोतले जनाएको छ ।
यसबाट कृषि पेशामा संलग्न हुन चाहने नयाँ थप व्यावसायीक कृषकहरु लाभान्वित हुने अपेक्षा बैकले गरेको छ । यो योजनाले कृषि पेशा तथा व्यवसायमा आवद्ध हुन चाहने नयाँ कृषि व्यवसायीहरुलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको हो। यस बैकले विगत ५८ बर्षदेखि कृषि कर्जामा लगानी गदैँ कृषि क्षेत्र बिकासमा विशेष योगदान पुर्याउँदै आइरहेको छ । यस बैकले हालसम्म ८० हजार कृषक तथा कृषि व्यवसायीहरुलाई कर्जा प्रदान गदैँ आइरहेको र यो योजनाबाट कृषि क्षेत्रमा थप रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।