Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

राष्ट्र बैंकले २ अर्ब ६० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

राष्ट्र बैंकले २ अर्ब ६० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ, नेपाल राष्ट्र बैंकले २ अर्ब ६० करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ। उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमका लागि बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई प्रस्ताव पठाउन सूचना जारी गरेको छ।

राष्ट्र बैंकका अनुसार २ अर्ब ८ करोड रुपैयाँ वाणिज्य बैंकमा, ३९ करोड रुपैयाँ विकास बैंकमा र १३ करोड रुपैयाँ फाइनान्स कम्पनीमा राखिनेछ। इच्छुक संस्थाले कात्तिक १८ गते (मंगलबार) भित्र प्रस्तावसहित ब्याजदरको विवरण राष्ट्र बैंकमा बुझाउनु पर्नेछ।

मुद्दती निक्षेपका लागि योग्य संस्थाले कम्तीमा २ वर्ष सञ्चालनमा रहेको, न्यूनतम पुँजी कोष अनुपात कायम गरेको, निष्क्रिय कर्जा (NPL) कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ३ प्रतिशत ननाघेको, साथै कर्जा–निक्षेप (CD) अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने सर्तहरू पूरा गर्नुपर्नेछ।