काठमाडौँ - नेपाल राष्ट बैंकमा प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पाएका छन् । यसअघि प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित थिए । २०८२ कात्तिक १९ देखि लागू हुने गरी पौडेलले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ ।