काठमाडौँ– कोष व्यवस्थापन कम्पनी लिमिटेडको नवौँ साधारण सभा सम्पन्न भएको छ।
शनिबारका एक कार्यक्रम गरी संस्थाले आफ्नो नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको हो। सभाले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीको व्यवसाय विस्तारका लागि शेयर पूँजी वृद्धि सम्बन्धी प्रस्ताव पनि अनुमोदित भएको छ। कार्यक्रममा कोष व्यवस्थापन कम्पनी लिमिटेडका अध्यक्ष सुशील हुमागाईँले कम्पनीको वर्तमान उपलब्धी तथा भविष्यका योजनाहरु प्रस्तुत गरे।
उनले निरन्तरको साथ र सहयोगको लागि सम्पूर्ण शेयरधनीहरुलाई धन्यवाद समेत ज्ञापन गरे।
यसै गरी सोही सभाले कम्पनीको सञ्चालक समिति पुनर्गठन गरी दिल बस्नेतलाई नयाँ सञ्चालकको रूपमा निर्विरोध चयन गर्यो।
उक्त वार्षिक साधारण सभामा कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गाविन्द गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
उनले कोष व्यवस्थापन कम्पनी लिमिटेडको प्रगति र पारदर्शीताको प्रशंसा गर्दै भविष्यमा पूँजी वृद्धिका योजना सकारात्मक रहेको धारण व्यक्त गरे।
साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षका योजनाहरू प्रस्तुत गरी पारित गरियो।
यसै गरी कम्पनीले दिगो र जिम्मेवार लगानी व्यवस्थापनमार्फत शेयरधनीहरुलाई निरन्तर प्रतिफल दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।