Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मधेश प्रदेश सभामुखमा रामअशिष यादव निर्वाचित, सातदलीय गठबन्धनको समर्थन

मधेश प्रदेश सभामुखमा रामअशिष यादव निर्वाचित, सातदलीय गठबन्धनको समर्थन

काठमाडौँ । मधेश प्रदेश सभाले नयाँ सभामुख पाएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव आज भएको मत विभाजनमार्फत सभामुखमा निर्वाचित भएका हुन्। सातदलीय गठबन्धनका उम्मेदवार यादवले ७२ मत प्राप्त गरे भने विपक्षमा २४ मत परेको थियो। बैठकमा कुल ९६ सांसद उपस्थित थिए।

उपसभामुख बबिता राउत इशरले सभामुखको आसनबाट यादव निर्वाचित भएको घोषणा गरिन्। यादवलाई सभामुख बनाउन नेपाली कांग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव पेश गरेका थिए। अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव भने मतदानमा अघि बढाइएन।

धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित यादव हालसम्म जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारीमा थिए। यसअघि एमालेका रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले मंसिर ३ गते दुई तिहाइ बहुमतबाट पदमुक्त गरेपछि सभामुख पद रिक्त थियो।