काठमाडौँ । मधुवन नगरपालिका–२ मा मंगलबार दिउँसो बाघको आक्रमणबाट १७ वर्षीया बिनिता परियारको मृत्यु भएको छ। घर नजिकै रहेको कोठिया सामुदायिक वनमा घाँस काट्न गएकी परियारमाथि दिउँसो करिब १ बजे बाघले आक्रमण गरी उनलाई बेपत्ता बनाएको थियो।
खोजतलासका क्रममा साढे १ बजे जंगलभित्र परियार घाइते अवस्थामा फेला परेकी थिइन्। तत्काल उपचारका लागि बर्दिया अस्पताल लगिए पनि उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए।
परियारको शव हाल बर्दिया अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।