Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सार्वजनिक बिदाका कारण आज सेयर बजार बन्द

सार्वजनिक बिदाका कारण आज सेयर बजार बन्द

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस परेकाले आइतबार सेयर बजार सञ्चालन नहुने भएको छ। सरकारले सार्वजनिक बिदा घोषणा गरेपछि नेप्से बन्द रहनेछ।

यसअघि गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.५९ अंकले घटेर बन्द भएको थियो। सो दिन ३२८ वटा स्क्रिप्सको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर कारोबार भएको थियो।

कुल कारोबार रकम ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँ पुगेको थियो।