Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

कृषि विकास बैंक लिमिटेडको ५९ औ  वार्षिकोत्सव सम्पन्न

कृषि विकास बैंक लिमिटेडको ५९ औ  वार्षिकोत्सव सम्पन्न

काठमाडौँ। कृषि विकास बैंक लिमिटेडको ५९ औ वार्षिकोत्सवकाे अवसरमा बैंक व्यवस्थापन र बैंकमा क्रियाशील युनियन विच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएकाे छ ।

बैंक युनियन, कर्मचारी तथा  व्यवस्थापनका विचमा आपसी भातृत्व, आत्मियता र असल सम्बन्ध कायम हुने अपेक्षा सहित  २०८२ माघ ३ गते आयाेजना गरिएको मैत्रीपूर्ण फुटसलमा व्यवस्थापनकाे तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीमान गाेविन्द गुरूङ ज्यू, उप-महाप्रवन्धक ज्यूहरू, विभागिय प्रमुख ज्यूहरूकाे उपस्थिति थियाे भने युनियनका तर्फबाट  बैंकमा कृयाशिल युनियनका अध्यक्ष ज्यूहरु तथा प्रतिनिधि लगायकाे उपस्थितमा साैहार्दपुर्ण वातावरणमा खेल सम्पन्न भएकाे थियाे भने उक्त खेल ४-४ काे बराबरीमा सकिएकाे थियाे ।