काठमाडौं । साताको पहिलो दिन सुन र चाँदी दुवैको मूल्यले बजारलाई चकित बनाएको छ। सोमबार सुनको मूल्य एकैचोटि तोलामा ४ हजार २ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च स्तरमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघिको दिन सुन २ लाख ७७ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। यससँगै गत बुधबार बनेको २ लाख ७८ हजार रुपैयाँको रेकर्ड सोमबार तोडिएको छ।
चाँदीको मूल्य पनि उकालो लागेको छ। अघिल्लो दिन तोलामा ५ हजार ६२५ रुपैयाँ रहेको चाँदी आज १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ। यद्यपि, चाँदीले यसअघि गत बुधबार तोलामा ६ हजार ६५५ रुपैयाँको उच्च रेकर्ड बनाएको थियो।