Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ अवरुद्ध नसाको सफल उपचार

केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ अवरुद्ध नसाको सफल उपचार

काठमाडौँ । काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपालमै पहिलोपटक ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिको प्रयोग गरी जटिल रक्तनली अवरोधको सफल उपचार गरेको जनाएको छ। यो प्रविधिबाट खुट्टाको नसा पूर्ण रूपमा बन्द भएर अंग गुमाउने जोखिममा रहेका बिरामीको बिनाचिरफार उपचार गरिएको अस्पतालले जनाएको हो।

केएमसीका अनुसार पोखराकी ७१ वर्षीया हीरामाया राम्जालीको उपचार मुटु, छाती तथा रक्तनली शल्यक्रिया (सीटीभीएस) विभागका डा. कृष्ण बस्यालको नेतृत्वमा सम्पन्न भएको थियो। उपचार टोलीमा डा. मनीष आचार्य, डा. स्मृति कोइराला, डा. लोकेश आचार्यलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए।

b.jpg

चिकित्सकका अनुसार बिरामीको रक्तनलीमा जमेको कडा क्याल्सियमका कारण रक्तप्रवाह अवरुद्ध भएको थियो। ‘अर्बिटल एथेरेक्टोमी’ प्रविधिबाट नसाभित्रै उपकरण प्रवेश गराई क्याल्सियमलाई साना कणमा परिवर्तन गर्दै रक्तप्रवाह पुनः सञ्चालन गरिएको हो। यस प्रक्रियामा ठूलो चिरफार गर्नुपर्ने आवश्यकता पर्दैन।

a.jpg

अस्पतालले यही प्रविधिबाट जनकपुरका ४७ वर्षीय कल्याणलाल कर्णको पनि सफल उपचार गरेको जनाएको छ। केएमसीका अनुसार यो प्रविधिले रक्तनली बन्द भएर अंग गुमाउने जोखिममा रहेका बिरामीका लागि नयाँ उपचार विकल्प उपलब्ध गराएको छ।