Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विद्यालयमै विपद् उद्धार शिक्षा ल्याउने तयारी

विद्यालयमै विपद् उद्धार शिक्षा ल्याउने तयारी

काठमाडौँ । सुधन गुरुङले सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालसँग छलफल गर्दै विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल अघि बढाएका छन्।

बालबालिकालाई सानैदेखि जीवन उपयोगी सीप प्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याउन लागिएको हो। यसका लागि सशस्त्र प्रहरीलाई आवश्यक तयारी सुरु गर्न निर्देशन दिइएको छ भने शिक्षा मन्त्रालयसँग समन्वय गरेर कार्यान्वयन गर्ने योजना रहेको छ।

कार्यक्रममार्फत विद्यार्थीलाई प्राकृतिक विपद्का बेला सुरक्षित रहने उपाय, प्राथमिक उद्धार सीप र सचेतना सम्बन्धी ज्ञान प्रदान गरिनेछ। यसले आपत्कालीन अवस्थाको सामना गर्न विद्यार्थीलाई सक्षम बनाउने अपेक्षा गरिएको छ।