काठमाडौँ । सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड को स्थलगत अनुगमन गर्दै निर्माण ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।
उनले सम्बन्धित निकाय र चिनियाँ ठेकेदार कम्पनीलाई तत्काल काम तीव्र बनाउन निर्देशन दिँदै निर्धारित समयमै सम्पन्न गर्न चेतावनी दिएका हुन्।
ढिलाइका कारण यात्रुहरू सास्तीमा परेको, आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेको उल्लेख गर्दै उनले यस अवस्थाको शीघ्र अन्त्य गर्न आग्रह गरे। निर्माण पक्षले भने अबको १५ दिनभित्र सडक सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।