काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपाल–जापान सम्बन्ध, विकास सहकार्य र पूर्वाधार परियोजनाबारे छलफल भएको छ। गृहमन्त्री गुरुङले नागढुंगा सुरुङमार्गसहितका परियोजनाको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा सहकार्य आवश्यक रहेको बताए।
राजदूत तोरुले द्विपक्षीय सम्बन्ध अझ सुदृढ गर्दै विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्न जापान प्रतिबद्ध रहेको बताएका छन्।
