Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आगामी बजेटमा शिक्षा क्षेत्र प्राथमिकता: पोखरेल–योजना आयोग गहन छलफल

आगामी बजेटमा शिक्षा क्षेत्र प्राथमिकता: पोखरेल–योजना आयोग गहन छलफल

काठमाडौं । नयाँ आर्थिक वर्षको वार्षिक बजेट तयारीलाई लक्षित गर्दै राष्ट्रिय योजना आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बीच सघन छलफल भएको छ।

छलफलमा सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल, आयोगकी सदस्य रेशु अर्याल लगायत मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकमा शिक्षा, विज्ञान र प्रविधि क्षेत्रका प्राथमिकता, बजेट विनियोजन तथा नीतिगत सुधारका विषयमा केन्द्रित छलफल भएको जनाइएको छ।