काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङले विभिन्न सञ्चार माध्यमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन्। केही मिडियाले आफ्नो चरित्र हत्या गर्ने खालका समाचार प्रकाशित गरेको भन्दै उनले काउन्सिलमा उजुरी दर्ता गरेका हुन्।
भोटेकोशीस्थित एक रिसोर्टसँग सम्बन्धित विषयमा आफ्नो नाम जोडेर समाचार आएपछि उनले गोपनीयता र व्यक्तिगत सम्मान उल्लङ्घन भएको दाबी गरेका छन्। गुरुङले आवश्यक परे साइबर ब्युरोमा पनि उजुरी दिने तयारी गरेको बताइएको छ।
उक्त प्रकरणसँग सम्बन्धित विषयमा अनुसन्धानका क्रममा प्रहरीले रिसोर्टमा जडान गरिएको सीसीटीभी उपकरण र केही सामग्री नियन्त्रणमा लिएको बताइएको छ। यस विषयलाई लिएर विभिन्न प्रतिक्रिया र बहस पनि भइरहेको छ।