Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विश्व स्वास्थ्य सभाबाट फर्किइन् मन्त्री निशा मेहता

विश्व स्वास्थ्य सभाबाट फर्किइन् मन्त्री निशा मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ७९औँ विश्व स्वास्थ्य सभामा सहभागिता जनाएर आज स्वदेश फर्किएकी छन्। स्विट्जरल्यान्डको जेनेभा मा आयोजित सभामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै उनले स्वास्थ्य, जलवायु र महामारी तयारीका विषयमा नेपालको धारणा प्रस्तुत गरेकी थिइन्।

मे १८ देखि २३ सम्म सम्पन्न सभामा मन्त्री मेहता उपाध्यक्षमा निर्वाचित हुनु नेपालका लागि ठूलो कूटनीतिक उपलब्धि मानिएको छ। उनले सम्बोधनका क्रममा स्वास्थ्य सेवामा समान पहुँच, विश्वव्यापी स्वास्थ्य सुरक्षा तथा पर्वतीय राष्ट्रहरूले भोगिरहेका स्वास्थ्य चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी थिइन्।

सम्मेलन अवधिभर उनले विश्व स्वास्थ्य संगठन का उच्च अधिकारी तथा विभिन्न देशका स्वास्थ्य मन्त्रीहरूसँग भेटवार्ता गर्दै नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण र प्राविधिक सहकार्यबारे छलफल गरेकी थिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा मन्त्रालयका वरिष्ठ अधिकारीहरूले मन्त्री मेहतालाई स्वागत गरेका थिए। मन्त्रालयले यस भ्रमणलाई नेपालको स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।