काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत काठमाडौंको टोखा नगरपालिका–७ धापासीस्थित तिलिङ्गटार माध्यमिक विद्यालयका ३२ जना विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ।
बुधबार आदर्श समाज तिलिङ्गटारको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ६ देखि बीबीएससम्म अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छनोट गरी छात्रवृत्ति वितरण गरिएको हो।
कार्यक्रममा आदर्श समाज तिलिङ्गटारका अध्यक्ष सरोजकुमार पाण्डेले बैंकको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै बैंकप्रति आभार व्यक्त गरे। यस्तै, कृषिविकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले छात्रवृत्तिले विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा र उत्साह प्रदान गर्ने बताए।
undefined
कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी रहेका थिए। कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख वीणा शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, वडा नं. ७ का अध्यक्ष नरोत्तम राना, नगरपालिकाका कार्यकारी प्रमुख कमल भट्टराई, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा समाजका विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो।