काठमाडौँ । एसियन गेम्स क्वालिफायर फाइनलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सिंगापुरस्थित नेशनल क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो।
हङकङका लागि अंशुमान रथले ४५ बलमा ८० रनको आक्रामक पारी खेले भने साहिद आशिफले २८ बलमा ५५ र शिव माथुरले २१ बलमा २६ रनको योगदान दिए।
नेपालका बलरमध्ये शेर मल्लले ४ विकेट लिए भने करण केसीले २ विकेट हात पारे। सन्दीप लामिछानेले ३ ओभरमा ४५ रन खर्चिए पनि विकेट लिन सकेनन्, तर अन्तिम ओभरमा १ रन मात्र दिँदै १ विकेट लिए।