Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दीपेन्द्र सिंह ऐरी आईसीसी ‘प्लेयर अफ द मन्थ’को अन्तिम सूचीमा

दीपेन्द्र सिंह ऐरी आईसीसी ‘प्लेयर अफ द मन्थ’को अन्तिम सूचीमा

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मे महिनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को उत्कृष्ट पुरुष खेलाडीको अन्तिम सूचीमा परेका छन् ।

दीपेन्द्रले मे महिनामा कीर्तिपुरमा भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा उनले ६ एकदिवसीय खेल खेल्दा ४९.८० को औसत र ११०.६६ को स्ट्राइकरेटमा २४९ रन बनाएका थिए । यसैगरी उनले ४.५२ को इकोनोमी रेटमा आठ विकेट पनि लिएका थिए ।

यो सूचीमा बंगलादेशका ताइजुल इस्लाम र मुशफिकुर रहिम पनि छन् । 

यसैगरी,महिलातर्फ उत्कृष्ट खेलाडी बन्ने दौडमा इंग्ल्याण्डकी  लरेन बेल, पाकिस्तानकी गुल फिरोजा र न्युनिल्यान्डकी म्याडी ग्रिन छन् ।