Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

राखेप उपाध्यक्षमा पूर्व गोलकिपर विशाल श्रेष्ठ, चार बोर्ड सदस्य पनि नियुक्त

राखेप उपाध्यक्षमा पूर्व गोलकिपर विशाल श्रेष्ठ, चार बोर्ड सदस्य पनि नियुक्त

काठमाडौँ । नेपाली खेलकुद प्रशासनमा अनुभवी खेलाडीहरूको सहभागिता बढाउने उद्देश्यसहित सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नयाँ नेतृत्व चयन गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई राखेपको उपाध्यक्षमा नियुक्त गरेको हो। राष्ट्रिय टोलीका लामो समय सदस्य रहनुभएका श्रेष्ठले केही वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको थियो।

यस्तै, विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्न मन्त्रालयले चार जना बोर्ड सदस्य पनि नियुक्त गरेको छ। नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु र फुटबल खेलाडी पवन शाही रहेका छन्।

नवनियुक्त पदाधिकारीहरूले नेपाली खेलकुदको विकास, व्यवस्थापन तथा नीतिगत सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।