Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आफूमाथिको आरोप प्रमाणित गर्न अर्थमन्त्री वाग्लेको खुला चुनौती

आफूमाथिको आरोप प्रमाणित गर्न अर्थमन्त्री वाग्लेको खुला चुनौती

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको भन्दै प्रमाण पेश गर्न चुनौती दिएका छन्।

बिहीबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै वाग्लेले आफ्नो सार्वजनिक जीवन र नैतिक छविलाई नियोजित रूपमा धुमिल्याउने प्रयास भइरहेको दाबी गरे। अभिव्यक्तिका क्रममा उनी भावुकसमेत बनेका थिए।

उनले आफूले कुनै प्रकारको अनियमितता नगरेको जिकिर गर्दै, "दुई अर्ब होइन, दुई रुपैयाँ बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु," भने।

वाग्लेले यस्तो नैतिक चुनौती अन्य राजनीतिक नेतृत्वले दिन सक्ने वा नसक्ने प्रश्नसमेत उठाए।

हालै विद्युतीय सवारीसाधनको कर संरचना परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७७४ वटा बीवाईडी ब्रान्डका ईभी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको घटनापछि यो विषय थप चर्चामा आएको छ।