Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

विश्वकपको उद्घाटन खेलमै तीन रातो कार्ड, मेक्सिकोको विजय सुरुवात

विश्वकपको उद्घाटन खेलमै तीन रातो कार्ड, मेक्सिकोको विजय सुरुवात

काठमाडौं । विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले विजयी सुरूवात गरेको छ । दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै मेक्सिकोले अंक तालिकामा तीन अंक पनि जोडेको छ ।

मेक्सिकोका लागि पहिलो गोल जुलियस क्विनेजले गरेका थिए । उनले खेलको नवौँ मिनेटमा विश्वकपको यस संस्करणको पहिलो गोल आफ्नो नाममा लेखाए ।

पहिलो हाफमा १-० को अग्रता लिएको मेक्सिकोका निम्ति खेलको दोस्रो हाफमा रल जेमिनेजले गोल थप्दै टिमलाई २-० को स्थितिमा पुर्‍याए ।

खेलमा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रातो कार्ड समेत पाएका छन् ।