Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बराबरीमा टुंगियो कतार र स्विट्जरल्याण्डबीचको रोमाञ्चक खेल

बराबरीमा टुंगियो कतार र स्विट्जरल्याण्डबीचको रोमाञ्चक खेल

काठमाडौं । कतार र स्विट्जरल्याण्डबीचको रोमाञ्चक खेल बराबरीमा टुंगिएको छ । अन्तिम क्षणमा कतारले गोल फर्काउँदा खेल बरारबरीमा टुंगिएको हो । 

 खेलको १६ औँ मिनेटमा कतारका गोलकिपर मोहम्मुद अबुनादाले बल लिएर अघि बढिरहेका  डेनिस जकारियालाई अवरोध गर्न खोजे । त्यसपछि रेफ्रीले फाउल दिँदै स्वीट्जरल्याण्डलाई पेनाल्टी प्रहारको स्वीकृति दिए ।

उक्त फाउलपछि रेफ्रीले स्विट्जरल्याण्डलाई पेनाल्टी प्रहारको मौका दिएका थिए । उक्त मौकामा स्विट्जरल्याण्डका ब्रिल एम्बोलोले प्रहार गरेको बललाई कतारी गोलकिपर अबुनादाले रोक्न सकेनन् । त्यसपछिका खेलमा स्विट्जरल्याण्डले पटक पटक गरेको गोलको प्रयासलाई भने उनले विफल बनाएका थिए ।

खेलमा स्विट्जरल्याण्डले १० कर्नरको मौका पनि पाएको थियो । खेलको अन्तिम घडिमा कतारका बोलिएम खौकीले गोल फर्काएपछि खेल बराबरीमा टुंगिन पुगेको हो ।