Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

साउदी अरेबिया र उरुग्वे बाँडे अंक

साउदी अरेबिया र उरुग्वे बाँडे अंक

काठमाडौं । विश्वकपमा साउदी अरेबिया र उरुग्वेले अंक बाँडेका छन् ।

अमेरिकाको मायामीमा भएको खेल बराबरीमा टुंगिएसँगै उनीहरूले १-१ अंक बाँडेका हुन्। खेलको पहिलो हाफमा साउदी अरेबियाले अग्रता कायम गरेको थियो । ४१ औँ मिनेटमा साउदीका अब्दुलेला अलमरीले गोल गरेका थिए ।

उरूग्वेले खेलको ८० औँ मिनेटमा गोल फर्काएको थियो । मेक्सी आराहोले उरुग्वेका लागि गोल गरेका थिए ।

दोस्रो हाफमा उरुग्वेले  निकै आक्रामक खेलेको थियो । प्रहार बढाए पनि गोल हुन नसक्दा खेल बराबरीमा रोकिएको हो ।