Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

कृषिमन्त्री गीता चौधरीको पहल, नार्कमा कर्मचारी सरुवामा नयाँ मापदण्ड लागू

कृषिमन्त्री गीता चौधरीको पहल, नार्कमा कर्मचारी सरुवामा नयाँ मापदण्ड लागू

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नयाँ सरुवा तथा पदस्थापना मापदण्ड लागू गर्ने भएकी छन्। ‘कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ मार्फत लामो समयदेखि काठमाडौंमै सीमित कर्मचारीलाई आवश्यकता अनुसार देशभरका कार्यालयमा खटाइने व्यवस्था गरिएको छ।

नयाँ मापदण्डअनुसार निश्चित अवधिमा मात्र सरुवा हुने, समान भौगोलिक वर्गका कार्यालयबीच सरुवा नगर्ने तथा काठमाडौंमै बसेर सेवा अवधि पूरा गर्ने अभ्यास अन्त्य गरिनेछ। विभागीय कारबाहीमा रहेका कर्मचारीलाई नेतृत्वको जिम्मेवारी नदिने र वरिष्ठताका आधारमा मात्र जिम्मेवारी तोक्ने व्यवस्था पनि गरिएको छ।

मन्त्री चौधरीले दुर्गम क्षेत्रमा कर्मचारी अभाव र काठमाडौं केन्द्रित व्यवस्थाले अनुसन्धानमा असमानता सिर्जना गरेको उल्लेख गर्दै नयाँ व्यवस्था लागू भएपछि किसानको आवश्यकता अनुसार अनुसन्धान कार्य थप प्रभावकारी हुने विश्वास व्यक्त गरेकी छन्।